धनुषाधामस्थित नौंसय बिगाहाटोलका १४ घर बाढीपीडितलाई राहत प्रदान

श्याम तामाङ ,तामाङपेज ,काठमाडौं ।

धनुषा ।

देशै भर वर्षातकारण साठी जना भन्दा बढीको ज्यान गएको छ भने अरबौंको भौतिक सम्पत्तिको क्षति भएको खबरहरु प्राप्त भइ रहेका छन् ।

बाढी-पहिरोले डुबानमा परेका पीडितहरुलाई नेपाल सरकारको संघीय ,प्रदेश र स्थानिय सरकारले अझैपनि पीडित माझ राहत पुर्याउन सकेको छैन । जस्काकारण बाढी तथा पहिरो,डुबानले पीडित जनताहरु नेपाल सरकारको निकायहरुको कार्यदेखि आक्रोसित छन् ।

मंगलबार हेल्प मधेसी साउदी,कतार,मलेसियाको आर्थिक सहयोगमा हेल्प मधेसी नेपालको आयोजनामा धनुषाधाम नगरपालिका वडा नं.५ को नौंसय बिगाहा टोलका १४ घर बाढी पीडितहरुलाई राहत प्रदान गरेको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवकानुसार ती बाढी पीडितहरुलाई चिउरा ,चाउचाउ,दालमोठ,ग्लुकोज,मुरही ,चिनी जस्ता खाध्य सामग्री प्रदान गरेको बताएका छन् ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष यादवले स्थानिय प्रहरी ,जनप्रतिनिधिहरुको रोहवरमा बाढी पीडितहरुलाई राहत प्रदान गरिएको उक्त कार्यक्रममा हेल्प मधेसी नेपालका केन्द्रीय सदस्य संजयरान यादव,हेल्प मधेसी साउदी अरब अध्यक्ष कमलदेव शाह,हेल्प मधेसी धनुषाका प्रतिनिधि सत्रुधन शाह ,मदन शाह लगायतका महानुभावहरुले आफैं राहत बोकेर प्रदान गरेको जनाएको छ ।

प्रकाशित: समय: 12:19:37  479पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार