अर्काको देशमा पसिना बगाएर

विन्जु थापा केसी ,ललितपुर ।

कविता:

परदेशी भै गएका सबै न बस तर्केर

नेपाल आमा रुँदै भन्छिन् आउँ छोरा फर्केर।।

पचास डिग्री घामको ताप पचाउँछौ कसरी

परदेशी पीडा बुझ्दैन कोहि मन रुन्छ बेसरी।।

अर्काको देशमा पसिना बगाएर सन्तान पाल्दछौ

विवसता तिम्रो सन्तानको लागि ज्यानपनि फाल्दछौ।।

नेपाली सपूत बाकसमा आउँदा आमाको मन रुन्छ

तिमिले त्यहाँ भोगेको पीडा कसले यहाँ सुन्छ।।

आमाले बुझ्छिन त्यो तिम्रो दु:ख फर्केर आउ घर

बुढा बा,आमा,बालक,बच्चा जवान यहाँ को छ र ।।

नोट :

कवियत्री विन्जु थापा केसिले विगत लामो समयदेखि निरन्तर रुपमा चेतनायुक्त,जागरणमुलक कविता,गीत ,गजल कोर्दै आउनु भएको छ ।

प्रकाशित: समय: 10:18:58  622पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार