तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको प्रथम वार्षिक साधारण सभा आउँदो सेप्टेम्बर १४ र १५ तारिखमा हुँदै

श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।

अमेरिका ।

सिङ्गो अमेरिकामा रहनु भएका तामाङ समुदायको संस्कृति ,संस्कार,भेषभुषा,धर्म,भाषा,आर्थिक,शैक्षिक,सामाजिक क्षेत्रको विकास,संरक्षण ,सम्बर्द्धन गर्ने उद्धेश्यले स्थापित साझा संस्था तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको प्रथम वार्षिक साधारण सभा हुने भएको छ ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय समितिका अध्यक्ष लक्यान लामाकानुसार आउँदो सेप्टेम्बर १४ र १५ तारिखमा अमेरिकाको डिसि ,मेट्रो एरियामा प्रथम वार्षिक सभा हुने कुरा जानकारी गराएका छन् ।

सो सभामा तामाङ सोसाईटी अफ नर्थ अमेरिकासँग आवद्ध संघसंस्थाहरु,पदाधिकारीहरु,प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतलाई निमन्त्रणा गरि भब्य रुपमा साधारण सभा सम्पन्न गर्न लागेको तामाङ सोसाईटी अफ नर्थ अमेरिका अध्यक्ष लामाले बताउनु भएको छ ।

 

प्रकाशित: समय: 9:26:48  393पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार