ठुलादुर्लुङका गणेशबहादुर केसिविज्ञ सदस्यमा नियुक्त

नेपाल सरकार,गृह मन्त्रालय,शरणार्थी मामिला समन्वय सम्बन्धी राष्ट्रिय इकाईको विज्ञ सद्स्यमा मन्त्रीस्तरीय निर्णयनुसार नियुक्त भएको उपसचिव कृष्णप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

ललितपुर । महाँकाल गाउँपालिका वडा नं.६ ठुलादुर्लुङका सामाजिक अभियन्ता,नेपाल कम्युनिष्ट पार्टी नेकपाका ललितपुरका जिल्ला सदस्य एवं युवा नेता गणेशबहादुर केसिलाई नेपाल सरकारको मन्त्रीस्तरिय जेष्ठ ३० गते बसेको निर्णयनुसार नेपाल सरकार,गृह मन्त्रालय,शरणार्थी मामिला समन्वय सम्बन्धी राष्ट्रिय इकाईको विज्ञ सदस्यमा नियुक्त गरेको छ ।

नेपाल सरकार,गृह मन्त्रालयका उपसचिव कृष्णप्रसाद शर्माद्वारा असार २९ गतेको च.नं.१०५४ को पत्रमा उल्लेख बमोजिम पुर्व सहसचिव बालकृष्ण पन्थी संयोजक ,गणेशबहादुर केसि विज्ञ सदस्य र सदस्यसचिवमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने रहेको तीन सदस्यीय शरणार्थी मामिला समन्वय सम्बन्धी राष्ट्रिय इकाईको अध्ययन कार्यदलमा मनोनयन भएको हो ।

अध्ययन कार्यदलले भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पल्याई समस्याको समाधान गर्ने खालका सुझाव,प्रतिवेदन नेपाल सरकार समक्ष दुई महिनाभित्रमा बुझाउनु पर्ने नियुक्ती पत्रमा उल्लेख छ ।

सामाजिक अभियन्ता एवं युवा नेता गणेशबहादुर केसिको निर्णयको नियुक्तीले ललितपुर,दक्षिण ललितपुरका वासिन्दाले खुशी ब्यक्त गरेका छन् ।

प्रकाशित: समय: 21:59:42  2040पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार