तामाङपेज संबाददाता,
टोकियो, जापान।
थकाली सेवा समिति जापानले आपनो वार्षिक कार्यक्रम अन्तर्गत बनभोज (बारबिक्यु) सम्पन्न गरेको छ । जापानमा १९९१ मा स्थापना भएको सेवा समिति जापानले आपसी सद्भाव र भाइचाराको लागि आयोजना गर्दै आईरहेको बनभोज (बरबिक्यु) जुलाई महिनाको १४ तारिक आईतबारको दिन तामागावा नदीको किनारामा भव्य रुपमा सम्पन्न गरेको हो। जापानमा रहेको पुरानो संस्था मध्ये थकाली सेवा समिति जापान एक पनि हो।
मौसमले साथ नदिए पनि बारबिक्युमा सहभागिताको बाक्लो उपस्थिति रहेको थियो । थकाली सेवा समाजका अध्यक्ष बुद्धी गौचनकानुसार जापानिज तथा नेपाली सहभागी गरि बारबिक्युमा २ सय ५० भन्दा बढीले सहभागिता जनाएका थिए। उहाँले सबै सहभागी तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।
थकाली सेवा समाजको बारबिक्यु जापानमा आयोजना हुने बारबिक्यु मध्ये सबै भन्दा ब्यबस्थित रुपमा आयोजना हुने गर्दछ ।