ललितपुर ।
हाम्रो समस्या ,हाम्रै समाधान मेलमिलाप भन्ने मुल नाराकासाथ कोन्ज्योसोम गाउँपालिकाले कोन्ज्योसोम गाउँपालिकास्तरिय आठ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा चौघरेमा सम्पन्न भएको छ ।
कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मिङमा लामाकानुसार उक्त तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदेश सभा सांसद लालकुमारी पुन शुशिला र मायाको चिनो प्रशिक्षकहरु,प्रशिक्षार्थीहरुलाई गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले दिनु भएको बताएकी छिन् ।
आठ दिनसम्म चलेको तालिमको समापान सोमबार भएको हो भने कोन्ज्योसोम गाउँपालिकाभित्रका चौघरे,शंखु,दलचोकी ,नल्लु र भारदेउका प्रत्येक वडाहरुबाट पाँच,पाँच जना गरी पच्चिस जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिनु भएको तालिमको मुख्री प्रशिक्षक महेन्द्र प्रसाईंले न्याय,कानुन ,ऎन लगायतका सवालमा प्रशिक्षण दिनु भएको कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मिङमा लामाले बताउनु भएको छ ।
तस्बिर :
एल.कुमार तामाङ