रोशी गाउँपालिका-३ काभ्रेकी मृगौला पीडित मीना तामाङलाई तामाङ समाज ख्यङसाङनाम्दो समाज दक्षिण कोरियाबाट दुई लाख आर्थिक सहयोग प्रदान


श्याम तामाङ,तामाङपेज ,काठमाडौं ।

दक्षिण कोरिया ।

काभ्रे जिल्ला ,रोशी गाउँपालिका वडा नं.३ की दुबै मृगौला पीडित मिना तामाङको उपचारको लागि आईतबार काठमाडौं कुलेश्वरमा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासि लामाको प्रमुख आतिथ्यमा तामाङ समाज ख्यङसाङ नाम्दो समाज दक्षिण कोरियाबाट संकलन गरिएको आर्थिक सहयोग रकम रु.दुई लाख प्रदान गरेको छ ।

तामाङ समाज ख्यङसाङ नाम्दो समाज दक्षिण कोरियाका महासचिव सोम योन्जन तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै मृगौला पीडित मिनाको आर्थिक अवस्था कमजोर भएकोले संस्थाले दक्षिण कोरियामा जुन ९ तारिखमा ए मेरो हजुर -३ नामक चलचित्रको च्यारिटो शो गरेर रकम संकलन भएको र सोही रकम उपचारका निमित्त प्रदान गरेको जनाएका छन् ।

प्रकाशित: समय: 8:26:41  663पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार