उच्च शिक्षा हासिल गर्न जापान आएका नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्थाबीचको एकता अधिवेशन हुने


तामाङपेज संवाददाता ।
टोकियो, जापान।

उच्च क्षिक्षा हासिल गर्न जापान आएका नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्थाबीचको एकता अधिवेशन हुने भएको छ । नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) बीच एकता अधिवेशन आगामी सेप्टेम्बर २२ तारिखका दिन जापानको नागोयामा हुने जनाइएको छ ।उक्त एकता पश्चात संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहने गरी दुई संस्थाका प्रतिनिधिबीच हस्ताक्षर समेत भएको हो ।

दुबै संस्थाबाट प्रतिनिधित्व हुने गरी हाललाई नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेल संयोजक र नेपाली विद्यार्थी समाजका अध्यक्ष तेज प्रकाश गुरुङ् सह-संयोजक रहेको १३ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।एकता अधिबेशन गर्नका लागि गठित मूल आयोजक समितिको सदस्यहरुमा कृष्ण प्रसाद भुसाल, इश्वर भट्टराई, सुमन श्रेष्ठ, अजय राना लगायत अन्य सदस्यहरु रहेका छन् ।

जापानमा अध्यनरत बिद्यार्थीहरूलाई आकस्मिक अवस्थामा आर्थिक लगायतका विविध सहयोग जुटाउने उद्देश्यका साथ अधिवेशन मूल आयोजक समितिले योजना बनाइरहेको सदस्य कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

जस अन्तर्गत महाधिबेशनसम्ममा १० लाख भन्दा माथिको आपतकालीन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित कार्यबिधी तयार पार्ने काम भइरहेको उनको भनाई छ ।

१९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकतापश्चात विद्यार्थीहरुका विविध समस्या थप सजिलो गरी समाधान हुने विश्वास गरिएको छ ।

यसैबीच हाल एकता कार्यक्रम तीव्रताका साथ अघि बढिरहेको अब केही दिन मै मूलआयोजक समितिको वैठक बसी बिधान पारित लगायतका काम सम्पन्न पारिने एकता मूलआयोजक समितिका उप-समयोजक तेज प्रकाश गुरुङले जानकारी दिए ।

प्रकाशित: समय: 9:01:09  396पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार