छथर गाउँपालिकास्थित सुदापकी प्यारालाइसिस पीडित कमलाकुमारी लिम्बुलाई आर्थिक सहयोग प्रदान

श्याम तामाङ,तामाङपेज ,काठमाडौं ।

तेह्रथुम ।

छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले तेह्रथुम मलेसिया सम्पर्क मंचले संकलन गरेर पठाईएको आर्थिक सहयोग रकम प्यारालाईसिसबाट दुईवटा नैं आँखा नदेख्ने पीडित कमलाकुमारी लिम्बुलाई सोमबार गाउँपालिकाको कार्यालय शुक्रबारे बजारमा प्रदान गर्नु भएको छ ।

विगत तीन वर्षदेखि छथर गाउँपालिका -३ सुदापकी कमलाकुमारीको आर्थिक अवस्था कमजोर भएकाकारण तेह्रथुम मलेसिया सम्पर्क मंचले रु.४४ हजार ८ सय ८७ रुपैयाँ मलेसियाबाट विभित्र सहयोगी दाताहरुबाट संकलित आर्थिक रकम गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले प्रदान गर्नु भएको कुरा मंचका अध्यक्ष प्रेम लिम्बुले जनाएका छन् ।

साथै आर्थिक सहयोग प्रदान कार्यक्रममा तेह्रथुम हामजुर्ङ-२ नामेन्दा घर भइ हाल साउदी अरेबियामा कार्यरत वसन्त लिम्बुले पठाउनु भएको आर्थिक सहयोग रु.५ हजारपनि पीडित कमलाकुमारी लिम्बुलाई प्रदान गरेको थियो ।

पिडित कमलाकुमारी लिम्बुलाई आर्थिक अवस्था कमजोर भएकोले आर्थिक सहयोग प्रदान गरेको तेह्रथुम मलेसिया सम्पर्क मंचले जानकारी दिएको छ ।

तस्बिर :

सुर्य मादेन

प्रकाशित: समय: 23:34:43  475पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार