करण तामाङ, तामाङपेज।
नुवाकोट।
धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले २०६ औं भानु जयन्तीकाे अवसरमा नुवाकोटका स्रष्टा श्रीराम श्रेष्ठलाई बम-सरस्वती स्मृति साहित्य सम्मानबाट आइतबार सम्मान गरिएको छ । श्रेष्ठले नेपाली भाषा साहित्यमा पुर्याएकाे याेगदानकाे कदर गर्दै नगद दस हजार , सम्मानपत्र सहित दाेसल्ला ओढाएर प्रतिष्ठानकाे अध्यक्ष काजी राेशन र प्रमुख अतिथि जनकराज पाैडेलले नुवाकोटका स्रष्टा श्रीराम श्रेष्ठलाई सम्मान गरेको हाे ।
वर्षेनी प्रतिष्ठानले एक एक जना स्रष्टालाई बम-सरस्वती स्मृति साहित्य सम्मानबाट सम्मान गर्ने गरेको कुरा प्रतिष्ठानकाे अध्यक्ष काजी राेशनले थप जानकारी दिए ।