सिनओकुवोमा JME को दोश्रो नयाँ शाखा संचालनमा


तामाङपेज संवाददाता,

टोकियो जापान।

नेपाली शहरको नामले पनि परिचित टोकियोको सिनओकुवोमा जापान मनि ट्रान्सफर JME को दोस्रो नयाँ शाखा आजबाट विधिवत रुपमा संचालनमा आएको छ ।

“हामीबाटै पठाऔं हामीबाटै पाऔँ” भन्ने नाराका साथ बिसुद्द नेपालीको लगानीमा संचालित जापान सरकारको सम्बन्धित निकायमा विधिवत रुपमा दर्ता भइ नेपालीहरुकै पहिलो रेमिट कम्पनी बन्न सफल यस जापान मनि एक्सप्रेस कम्पनी लिमिटेडले बिगत २०१० देखि नेपाल लगायत संसारको बिभिन्न मुलुकमा हाम्रो बिप्रेषण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

जापानका विभिन्न शहरहरुमा सेवा सुबिधा विस्तार गर्नेक्रममा विदेशीहरुको घनत्व रहेको टोकियो स्थित शिनओकुबोमा JME को दोश्रो शाखा जुलाई  १५ तारिखबाट संचालनमा ल्याएको हो | जापानमा व्यवसायी गर्दै आएका पुरानो ब्यवसायी लगायत विभिन्न संघ संस्थाका प्रमुखहरु र एनआरएनएका प्रबुद्व व्यक्तिहरुको उपस्थितिमा  रिबिन काटेर विधिवत उद्घाटन गरिएको थियो | सोहि क्रममा नयाँ शाखाबाट बिशेष सहुलियत स्वरूप एक महिना सम्म निःशुल्क रुपमा पैसा पठाउन सकिने व्यहोरा पनि जानकारी गराएका थिए |
हाल जापानका मुख्य शहरहरुका शाखाहरुबाट एसियाको प्राय देशहरुको आफ्नो कारोबार संचालन गरिरहेको छ भने निकट भबिष्यमा अन्य देशहरुमा पनि बिप्रेसण सेवा विस्तार गरिने जानकारी कार्यक्रममा दिएका थिए ।

प्रकाशित: समय: 16:43:46  521पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार