बाढी -पहिरोकाकारण मानवीय क्षति ललितपुरमा धेरै,देशभरमा मृत्यु हुनेको संख्या ६० नाघ्यो

तस्बिर : तेज लामा । कोन्ज्योसोम-३ दलचोकी,सिलिङ्गेको वस्तिलाई ठोस्नेखोलाको बाढी पहिरोले क्षति ।

श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

नेपाल सरकार,गृह मन्त्रालयले आईतबार बाढी- पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको जनाएको छ।

सहायक प्रबक्ता उमाकान्त अधिकारीकानुसार २४ जिल्लाहरुमा ६० भन्दा बढीले ज्यान गुमाएको र ३२ जना बेपत्ता भएको मन्त्रालयको विवरणनुसार जनाएका छन् ।

उद्धार तथा राहतका कार्यमा जिल्लास्थित विपदव्यवस्थापन समितिको समन्वयमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाल रेडक्रस सोसाईटी लगायत मानविय क्षेत्रमा काम गर्ने संघसंस्थाहरु,स्वयंसेवकहरु परिचालन गरेर उद्धार तथा राहत वितरण कार्य सुरु गरेको गृह मन्त्रालयका प्रबक्ता उमाकान्त अधिकारीले बताउनु भएको छ ।

अविरल वर्षासँगै आएको बाढी,पहिरो र डुबानमा परि मृत्यु भएका परिवारलाई नेपाल सरकारले राहत दिने र घाईतेहरुको सम्पुर्ण उपचार खर्च बेहोर्ने निर्णय आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठकले निर्णय गरेको प्रेस सल्लाहकार कुन्दन अर्यालले संचारकर्मीसँग कुराकानी गर्दै जानकारी दिएका छन् ।

नेपाल सरकार,गृह मन्त्रालयले बाढी – पहिरोकाकारण देशभरमा सबैभन्दा बढी मृत्यु भएको जिल्ला ललितपुर रहेको ,ललितपुर जिल्लाको महाँकाल -१ बुखेलमा दुईको मृत्यु ,एक बेपत्ता ,वाग्मती -७ गिम्दी,वाग्मती -माल्टामा गरि दुई,नख्खुमा एकको मृत्यु गरि छ जनाको मृत्यु ,एक बेपत्ता र केही दिन देखि वाग्मती -४ प्युटार ,खयरघारीमा एक जना महिलाको सब रुखमा रहेको खबर प्राप्त भएकोले देशभरका बाढी-पहिरो प्रभावित जिल्लामध्ये सबभन्दा बढी मानविय क्षति भएको जिल्लाको सुचिमा ललितपुर रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित: समय: 15:15:58  1337पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार