सांसद सिलवाल,सिडिओसहितको टोलि बाढी,पहिरोबाट प्रभावित गोदावरी नगरपालिका स्थित शिखर्पा र ढुँगेको अवलोकन गर्नु हुँदै


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.६ शिखर्पा,ढुँगे लगायतका बाढी पहिरोबाट प्रभावित वस्ति ,विद्यालयहरुको अवलोकनका लागि सोमबार बिहान प्रतिनिधि सभाका सांसद नवराज सिलवाल,प्रदेश सभा सांसद चेतनाथ संजेल ,सिडिओ प्रेमराज जोशिलगायतको टोलीले विभिन्न वस्ति ,श्री सरस्वती आधारभुत विद्यालयको पुर्ण क्षति भएको भवन अवलोकन तथा स्थानिय वासिन्दाहरुसंग भेटघाट गरेका छन् ।

बाढी,पहिरोबाट पिडित बनेका बासिन्दाहरुलाई एकद्वारा प्रणालि अन्तर्गत राहत विवरण आको आधारमा वितरण गर्ने ललितपुरका सिडिओ प्रेमराज जोशिले जानकारी दिनु भएको छ ।

टोलिसँगै पुग्नु भएका महानगरिय प्रहरी परिसर ललितपुरका एस्पि दुर्गा सिंहले तामाङपेजसँग कुराकानी गर्नु हुँदै वर्षातका कारण बाढी,पहिरोले क्षति भएका स्थल,विद्यालय ,वस्तिको अवलोकन ,अवस्था बुझ्न एक्कासी सांसद सिलवाल ,प्रदेश सभा सांसद संजेल,सिडिओ जोशिसहितको टोलि शिखर्पा,ढुंगेलगायतका वस्तिहरुमा पुगेर फर्केको जनाएकी छिन् ।

तस्बिर :

राजेन्द्र न्यौपाने ।

 

 

प्रकाशित: समय: 13:00:52  939पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार