गोदावरी नगरपालिकास्थित शिखर्पामा रहेको श्री सरस्वती आधारभुत विद्यालयको भवन पहिरोले पुर्ण रुपमा क्षति

श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.६ शिखर्पामा रहेको श्री सरस्वती आधारभुत विद्यालय भवन वर्षातका कारण शुक्रबार राति पुर्ण रुपमा पहिरोले भवन क्षति भएको स्थानियले जानकारी गराएका छन् ।

 

स्थानिय सामाजिक अभियन्ताहरु कृष्ण तिमल्सिना र कृषला नगरकोटीका अनुसार वर्षातको बिदाले गर्दा मानविय क्षति नभएको,विद्यालयको सम्पुर्ण भवन पुर्ण रुपमा क्षति भएको जनाउनु भएको छ ।

सो विद्यालयमा शिशु कक्षादेखि आठकक्षासम्म पढाइ हुने विद्यालयमा लेले शिखर्पा,काफलडाँडा,रानागाउँ,लामिडाँडा,कोन्ज्योसोम गाउँपालिका वडा नं.४ नल्लुका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको सामाजिक अभियन्ता कृष्ण तिमल्सिना र कृषला नगरकोटीले बताएका छन् ।

तस्बिर :

कृष्ण तिमल्सिना/ कृषला नगरकोटी

 

 

 

 

 

प्रकाशित: समय: 12:24:18  582पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार