बुद्ध मुर्ति निर्माण समितिको अगुवाईमा भाद्र २३ गतेदेखि ल्हासा भ्रमणमा जाने

तामाङपेज संवाददाता ।

काठमाडौं ।

बुद्ध मुर्ति निर्माण समितिको आयोजनामा बौंद्धमा शनिबार सम्पन्न भेलाले भाद्र २३ देखि असोज १ गतेसम्म मित्र राष्ट्र चिनको ल्हासा भ्रमणको आयोजना हुने भएको छ ।

समितिका अध्यक्ष एवं श्री बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्णकुमार लामाले मकवानपुरको हेटौंडास्थित गुम्बाडाँडामा निर्माण गरिने भगवान बुद्धको २५ फिट अग्लो मुर्ति निर्माणको सहयोगार्थ आयोजना गरिएको भ्रमणबारे भेलामा प्रदेश सभाका सांसद छिरिङदोर्जे लामा,समाजसेवी टासिकुमार लामा,सामुदायिक सेवा समितिबौंद्धका अध्यक्ष वीरबहादुर वाईवा तामाङ,दुर्गामान शाक्य,सुरेन्द्र बज्राचार्यले मन्तब्य राख्नु भएको थियो ।

उक्त भेलामा गजेन्द्रकुमार लामा,धर्मकाजी लामा,नेपालजीत लामा,विजय मानन्धर,रत्नमान आँसु लामा,रतन स्याङतान,श्री बौंद्ध तामाङ कल्याण गुठी,ओम सुख दुख तामाङ सेवा गुठी लगायतका सहयोगी दाताहरुले बुद्धको मुर्ति निर्माण गर्न आर्थिक सहयोग गरेको समितिका अध्यक्ष लामाले जनाएका छन् ।

सो भगवान बुद्धको मुर्ति निर्माणको समितिमा अध्यक्ष सम्पुर्णकुमार लामा,सल्लाहकारहरु; लामागुरु पुर्णबहादुर लामा,गजेन्द्रकुमार लामा,नेपालजीत लामा,वीरबहादुर वाईवा तामाङ,टासिकुमार लामा,सचिव दुर्गामान शाक्य,कोषाध्यक्ष सुवासराज शाक्य,सदस्यहरु अमृतबज्र लामा,सुर्य लोप्चन तामाङ,रत्न तुलाधर,सुरेन्द्र बज्राचार्य लगायत रहेको छ भने शनिबार बौद्ध आयोजित भेलामा छोरङान महिला समाज,टुसाल युवा क्लव,खास्तिनेवा पुच,देभ्वय गुठी,चेतनाका लागि महिला,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

समितिका सचिव दुर्गामान शाक्यकानुसार यही भाद्र २३ गतेदेखि असोज १ गतेसम्म हुन गैइरहेको ल्हासा भ्रमणका निमित्त प्रति ब्यक्ती रु.१ लाख ३० हजार रुपैयाँ लागत खर्च लाग्ने ,सो खर्च टिकट,भिसा,प्रवेश शुल्क ,खानपिन लगायतमा लाग्ने जनाएका छन् ।

तस्बिर:

पत्रकार अमित लामा

 

 

 

प्रकाशित: समय: 11:33:52  656पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार