मलेसिया ।
तेह्रथुम मलेसिया सम्पर्क मंचले आर्थिक अभावका कारण उपचारमा समस्या भोगी रहेकी पीडित कमलाकुमारी लिम्बुलाई तेह्रथुम जिल्ला छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुको हातबाट सोमबार शुक्रबारे बजारमा आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
मंचका अध्यक्ष एवं सामाजिक अभियन्ता प्रेम खापुङ सुब्बाले मलेसियामा संकलन गरिएको आर्थिक सहयोग रकम पीडित कमलाकुमारी लिम्बुलाई संकलित रकम रु.४४ हजार ८ सय ८७ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने जनाएका छन् ।