कोन्ज्योसोमस्थित चौघरेमा सांसद लालकुमारी पुन शुशिला ,वर्षातपछिको अवस्था बुझ्न जनतासँग साक्षात्कार गर्नु हुँदैं


तामाङपेज संवाददाता ।

ललितपुर ।

मंगलबारदेखि परेको लगातार वर्षातका कारण देशभर बाढी पहिरो गैई नोक्सान हुँदा नेपाल सरकारको आधिकारिक निकायहरुले क्षतिको विवरण संकलन गरि रहेका छन् ।

राजधानिको ललितपुर जिल्लाको दक्षिण पुर्वी क्षेत्रको अवस्था बुझ्न प्रदेश सभा सांसद लालकुमारी पुन शुशिला सहितको टोलि ललितपुरको कोन्ज्योसोम गाउँपालिका -५ भारदेउ,कोन्ज्योसोम-१ चौघरे र महाँकाल -२ मानिखेलको सिमानासम्म स्थलमार्गमार्फत पुग्नु भएको छ ।

लगातार परेको वर्षातले गर्दा धन,जनको एकिन गर्न नसकेको,लेले चन्दनपुर मोटरबाटो पुर्ण रुपमा बन्द रहेको जनाउनु हुँदै जनतामा त्रासतिपुर्ण वातावरण रहेको ,दैनिक जीवन यापन गर्न समेत समस्या रहेको प्रदेश सभा सांसद पुनले बताएकी छिन् ।

कोन्ज्योसोमको भारदेउ,चौघरेका वासिन्दासंग साक्षात्कार गर्नुहुँदै प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाले जनतासंग जनप्रतिनिधि दुख,शुखमा एक्कै ठाउँमा रहेकाले जनताको आँसुलाई पुछन ,वास्तविक पीडितहरुलाई राहत दिन तयार रहेको जनाउनु भएको छ ।

सांसद पुनले बाटो पहिराका कारण बाढीपीडित ,पहिरो पीडितहरुको अवस्था बुझेर ,राहत प्रदान गर्नको लागि आफुले पनि सम्बन्धित निकायमा जानकारी प्रदान गर्ने बताउनु भएको थियो।

सांसद लालकुमारी पुन शुशिला सँगै कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङ लगायतको टोलिले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नु भएको हो।

तत्काल दक्षिण ललितपुरका पीडित परिवारलाई राहत प्रदान गर्नको लागि आफू लागि परेको सांसद लालकुमारी पुन शुशिलाले बताईन।

 

प्रकाशित: समय: 0:41:00  798पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार