देवीचौंरस्थित कमेरोडोलका १२ घरधुरी बाढीपीडितलाई रेडक्रसद्वारा राहत सामग्री प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.७ देवीचौरस्थित कमेरोडोलका १२ घरधुरी बाढी पीडितहरुलाई नेपाल रेडक्रस सोसाईटी ललितपुरले कम्बल,बाल्टिन,त्रीपाल लगायतका सामग्री आईतबार प्रदान गरेको वडाअध्यक्ष गिरिप्रसाद तिमल्सिनाले जनाएका छन् ।

बाढीपीडितहरुलाई राहत प्रदान समारोहमा गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन ,नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिहरु,बाढीपीडित लगायत अन्य महानुभावहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित: समय: 0:08:53  870पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार