गोदावरीखोला क्षेत्र सरसफाई अभियानको १९ औं शृङ्खला गोदावरी नगर प्रमुख महर्जनको विशेष आतिथ्यमा सम्पन्न


ललितपुर । महिला तथा बालबालिकाको पहलमा गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनको विशेष आतिथ्यमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको १९ औं शृङ्खला आईतबार  सम्पन्न भएको छ । अभियानमा सहभागी हुँदै गोदावरी नगरपालिका प्रमुख महर्जनले गोदावरी खोला क्षेत्र र सिङ्गो गोदावरी नगरपालिकालाई स्वच्छ ,सफा र सुन्दर नगरी बनाउन नगरपालिका लागि रहेको र गोदावरी खोला क्षेत्र सरसफाई अभियानप्रति गोदावरी नगरपालिकाको पुर्णसाथ रहेको बताउनु भयो ।

सो सरसफाई अभियानमा महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका ईनिष्पेक्टर श्याम कटवाल,वाग्मती सरसफाई अभियन्ता चित्र सुनुवार,गोदावरी नगरपालिका वडा नं.२ का वडा सदस्यहरु पुरुषोतम विष्ट,लक्ष्मिदेवी सिलवाल,मुक्तिनाथ विकास बैंक बाँडेगाउँ शाखाकी रीता घिमिरे,वातावरण मैत्री समाजका अध्यक्ष राधे मिश्र ,नेप्को नेपाल हरिसिद्धिकी कोषाध्यक्ष एवं व्यवस्थापक रीता नेपाल,नेपाल रेडक्रस सोसाईटी गोदामचौंर सभापति नन्द श्रेष्ठ,सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी,पत्रकारहरु,स्थानिय वासिन्दाहरुको व्यापक सहभागिता रहेको अभियान गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानकी मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापाको सभाअध्यक्षतामा सम्पन्न भएको हो।

 

प्रकाशित: समय: 23:30:55  653पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार