बौंद्धस्थित श्री जनकल्याण माविमा घरेलु बालश्रम विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

बौंद्धस्थित श्री जनकल्याण माविमा बाल सचेतना नेपालको आयोजनामा शनिबार काठमाडौं महानगरपालिका प्रतिनिधि एवं महिला अधिकारकर्मी लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा तथा श्री बौंद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामाको विशेष आतिथ्यमा घरेलु बाल श्रम विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

 

बक्ताहरुले बाल अधिकारका बारेमा चर्को नारा दिनेहरुले नैं घरमा कलिला बालबच्चाहरुलाई काममा लगाएर बाल अधिकारका नारा चर्का दिईरहेको प्रति गुनासो गर्दै घरेलु बालश्रमको अन्त्यको लागि सबै जना लाग्नु पर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रममा बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुँयाल, उपाध्यक्ष नारायणप्रसाद अधिकारी,कोषाध्यक्ष शर्मिला उप्रेतीले संस्थाबारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा २५ जना बालबालिका,समाजसेवी ,शिक्षक,महिला,जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको संचारकर्मी मायालु लामाले बताएकी छिन् ।

 

 

 

 

प्रकाशित: समय: 22:37:57  870पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार