श्याम तामाङ ,तामाङपेज,ललितपुर ।
अविरल वर्षातकाकारण ललितपुरको दक्षिण पुर्वी क्षेत्रमा पर्ने महाँकाल गाउँपालिका वडा नं.१ बुखेलमा ढिस्को,पहिरोले पुरेर दुई जनाको मृत्यु,एकजना बेपत्ता ,पाँच हजार वटा भन्दा बढी कुखुरा बगाएको र चालिसघर जोखिममा रहेको स्थानियले जानकारी गराएका छन् ।
महाँकाल -१ बुखेलका स्थानिय वासिन्दा सन्तोष तिमल्सिनाले तामाङपेजसँगको सम्पर्कमा साविकको बुखेल गाविस वडा नं.२ कोसिवनडोलका अबिरल गोले तामाङको पहिरोले पुरेर ,बुखेल गाविस वडा नं.५ खरिडाँडाका सन्दीप लो तामाङको ढिस्कोले पुरेर मृत्यु,नीज सन्दीपका आमा पानमाया लो तामाङको लास अझैसम्म नभेटेको जनाउनु भएको छ ।
एकदम त्रसितपुर्ण वातावरणमा तामाङपेजसँगको सम्पर्कमा कुराकानी गर्नुहुदै साविकको बुखेल गाविस वडा नं.२ कोसिवनडोलका कुखुरापालकहरु वीरबहादुर गोले,शंकर गोले,दिलबहादुर गोले तामाङ ,रोमप्रसाद घिमिरेको पाँचहजार भन्दा बढी कुखुरा बगाएर क्षती भएको र महाँकाल -१ बुखेलका वडाअध्यक्ष खोमप्रसाद गौतमसँग भेटदा चालिसघर भन्दा बढी वासिन्दाका घरहरु जोखिममा परेको बताउदै तत्काल स्थानिय वासिन्दा र बस्तु भाउको ब्यवस्थापन गर्नको निमित्त कम्तिमा पनि १ सय थान त्रीपालको ब्यवस्था नेपाल सरकारले गर्नु पर्नेमा माग गरेका छन् ।