![](https://www.tamangpage.com/wp-content/uploads/2019/07/78E731AB-4958-4D21-B591-34FEC3E92DD9-870x450.jpeg)
तामाङपेज संवाददाता
जापान,
नेपालबाट जापान आएर विभिन्न पेशा, व्यवसायमा संलग्न काभ्रेलीहरुको साझा संस्था काभ्रेली समाज जापान केन्द्रले यही आउने अगस्ट महिनाको ११ तारिख आइतबार BBQ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चिवाकेन फुनावासी शहरको सनबान्जी सिसाईड पार्कमा उक्त कार्यक्रम गर्ने भएको हो ।खास गरी जापानको व्यस्त दैनिक जीवनयापन र समय आभावका कारण भेटघाट त्यति नहुने हुँदा BBQ मार्फत एकै ठाउँमा जम्मा भएर विभिन्न परिकार र पकवानहरुको स्वादको साथमा गरिने यो कार्यक्रमले व्यस्त जीवन विताउने जापानवासी नेपालीहरु माँझ आफ्ना क्षेत्र, जिल्ला र सिंहो नेपालीलाई आपासी सद्भाव, समन्वय र भाइचारालाई जीवन्त राख्न मद्दत पुगेको छ ।
यसैक्रममा सवै संघ संस्था विभिन्न समाजसंग आवद्ध काभ्रेली र सवै नेपालीलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको समाजका महासचिव इन्द्र तामाङले जानकारी दिनुभयो । BBQ नेपाली माँझ मात्र नभएर सिंगो जापानी समाजमा पनि उतिकै प्रचलित छ ।