गोदावरी नगरपालिकास्थित रुम्बाडाँडामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ,ललितपुर ।

तामाङ समाज कल्याणकारी गुठी र डोल भङगरी सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा भविष्यमा फेरि पनि पर्न सक्ने प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याहरुलाई रोकथाम तथा न्युनिकरण गर्ने उद्धेश्यले नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं.३ समितिका सदस्य एवं नेता मधुसुदन पौंडेलको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका -२ रुम्बाडाँडामा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

युवा सामाजिक अभियन्ता एवं खेलाडी,खेल प्रशिक्षक चीन लामाकानुसार वृक्षारोपण कार्यक्रममा गोदावरी-२ का वडाध्यक्ष देवेन्द्र वस्नेत,गुठी ,समितिका पदाधिकारी लगायतको सक्रियतामा सयौं विरुवाहरु रोपिएको जनाएका छन् ।

प्रकाशित: समय: 22:35:30  566पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार