पाँचौं राष्ट्रिय ‘क्यानोनिङ महोत्सव–२०१९’ सुन्दरीजलमा सप्पन्न


तामाङपेज संवाददाता,

काठमाडौ।

 काठमाडौंको सुन्दरीजलस्थित स्यालमती खोलाको झरनामा आज पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव–२०१९’ आयोजना सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल क्यानोनिङ एशोसिएसनले महोत्सवको आयोजना गरिएको थियोे ।संस्थाले सन् २००८ देखि नेपालमा क्यानोनिङको विकास प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्दै आएको छ।

महोत्सवमा सहभागी १०० मध्ये ६५ जनाले क्यानोनिङ गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र लामाले जानकारी दिएका हुन् ।

नेपाल क्यानोनिङ एशोसिएसनले नेपालका करीब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको जनाएको छ । काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, सिन्धुपाल्चोकका जम्बु, काब्रे, हाँडी, गलुङ र फयाङफुङ झरना तथा धनकुटाको नमस्ते झरनामा व्यावसायिक रुपमा क्यानोनिङ गराइन्छ । त्यसबाहेक स्याङ्जा, मनाङ, धादिङ, ओखलढुङ्गा र पर्वतका केही झरनामा क्यानोनिङ हुन्छ । नेपालमा वार्षिक करीब १० हजारले नेपालका झरनामा क्यानोनिङ गर्ने गर्छन् । तीमध्ये एक हजारको सङ्ख्यामा विदेशी हुन्छन् । नेपालमा झण्डै ५० क्यानोनिङ गाइड रहेका अध्यक्ष लामाले बताए ।

प्रकाशित: समय: 21:58:54  766पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार