दोलखा ।
नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय समितिले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ,पुर्व कानुन मन्त्री एवं नेपाली राजनितिका एक आर्दश नेता स्वर्गीय भीमबहादुर तामाङको सम्झनामा गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी काङ्ग्रेस युवा नेता दोलखाका बर्मा लामाले शुक्रबार पाउनु भएको छ ।
प्रतिष्ठानका संस्थापक सदस्य समेत रहनु भएका काङ्ग्रेसका युवा नेता लामालाई नेपाली काङ्ग्रेसको केन्द्रीय पार्टी कार्यालय ,सानेपा,ललितपुरमा काङ्ग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाली काङ्ग्रेस पार्टीका तत्कालीन सभापति सुशील कोईरालाले आफुलाई प्रदान गर्नु भएको अध्यक्षको जिम्मेवारी कार्य व्यस्तताका कारण प्रतिष्ठानको निमित्त अध्यक्षको पद सहित सम्पुर्ण कार्य गर्न नियुक्त गरिएको पत्र प्रदान गरेका छन् ।
काङ्ग्रेसका युवा नेता बर्मा लामा दोलखामा लोकप्रिय नेता समेत हुन् ।