राजिवको गोरीमा गोरी सार्वजनिक


तामाङपेज संवाददाता,

टोकियो जापान।

२०६२ सालमा तामाङ कथानक चलचित्र “सेमला दुङाल” हुँदै स्वर्गिय सुदिप दोङको निर्देशनमा ताम्सालिङ(भूमि) नेपाली टाईटलबाट नेपाली कलाकारिताको क्षेत्रमा प्रबेश गरेका राजिव गोले कलाकारिता क्षेत्रमा नौलो नाम भने होइन ।  दोलखा जिल्लाको भेडपू गा.बि.स साबिक मेलुङ गाँउपालिका ४ मा जन्मिनु भएका गोले दर्शक श्रोता माँझ सेलो गायकको रुपमा परिचित नाम हो । 

२०६३ सालमा सुरसप्तक कला केन्द्र चाबहिलमा संगीत गुरू शसिबिक्रम थापाबाट १३/१४ महिना शास्त्रिय संगीतमा औपचारिक ज्ञान हासिल गरेका छन् । शिक्षा संकायमा बिएड र मेजर अंग्रेजी बिषयमा औपचारिक शिक्षा हासिल गरेका गोलेले २०६४~२०६७ सम्म लिलिफ्वर बोडिङ स्कूल चुच्चेपाटीमा अंग्रेजी बिषयको शिक्षकको रूपमा काम गरेका थिए । 

सपनाको खोजी गर्दै सन् २०१२ (२०६८ )जुलाईमा जापान आएका उनले नेपाली गीत संगीतको क्षेत्रमा पनि उतिकै लागिपरेका छन् । पर्देशको भूमिमा रहेर नेपाली गीत संगीतमा जोडिरहनु नेपाल देश र नेपाली माटोप्रतिको मायालाई संगीत मार्फत जोड्ने उनको जिउँदो सपना हो । 

गोरीमा गोरी उनको तेश्रो एल्वम  हो तर समयको अभाव र जापानको कामको ब्यस्तताका विच पिल्सिनुपर्ने अवस्थाका कारण भने मार्केटमा ल्याउन विमोचन गर्न उनलाई समयले साथ दिएन । चाहाना लामा ब्लोनको शब्द र जोगलाल लामाको संगीतमा “झिम्क्यायो झिम्क्यायो”२०१६ र उनको आफ्नै शब्दमा जोगलाल लामाकै संगीतमा रहेको “माथिमाथि शैलुङ लेकैमा”२०१७ पनि रेकर्डिङ भएर पनि प्रचार प्रसारको अभावका कारण गुमनाम भएर रहेको बताइएको छ । 

यतिखेर भने बिशेष गरि डम्फू साँझको लागि गोलेले आफ्नै शब्द र स्वरमा जोगलाल लामाको संगीतमा छिट्टै  जापानमै रेकर्ड गरेर दर्शक श्रोताको माँझ पस्कने तयारीमा रहेको पनि गोलेले जानकारी दिए । 

भिडियो हेर्नुहोस्

प्रकाशित: समय: 21:25:12  1218पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार