तामाङपेज संवाददाता ।
धनुषा,जनकपुर । महिला एवं बालबालिहरुको पहलमा संचालन हुँदै आएको सरसफाई अभियानको ३० औं हप्ताको शृङ्खला शनिबार जनकपुरमा अविरल वर्षातकारण अलपत्र परेकाहरुलाई सहयोग प्रदान गरेको छ ।
सरसफाई अभियानका मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झाले तामाङपेजसँगको सम्पर्कमा छिमेकी राष्ट्र भारतको महाराष्ट्रबाट व्यापार गर्न जनकपुर आई बसेका वासिन्दाहरु वर्षातले अलपत्र परेका ती नागरिकहरुलाई जनकपुर महानगरपालिका-१ का वडाअध्यक्ष सत्रुधन शाह,अभियन्ताहरु दिवाकर झा,विपिन झाले चिउरा,दालमोठ लगायतका खाध्यन्न प्रदान गरेका छन् ।
सरसफाई अभियन्ता दीपककुमार चौधरीले बाढीपीडित एक अपाङ्गतालाई आफैले खाध्य सामग्री खुवाएर समेत मानविय सेवा गरेको मुख्य अभियन्ता एवं संयोजक झाले जनाउँदै यो पल्टको सरसफाई अभियान वर्षातले पीडितलाई सहयोग गरेको सम्पन्न भएको जनाएकी छिन् ।