तेमाल गाउँपालिकाको पाँचौं गाउँ सभा सम्पन्न नीति कार्यक्रम,बजेट सार्वजनिक


तामाङपेज संवाददाता, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाको आर्थिक वर्ष ०७६/०७७ को पाँचौं गाउँ सभा नीति कार्यक्रम,बजेट सार्वजनिक शुक्रबार तेमाल गाउँपालिका पोखरी नारायणस्थानमा एक समारोहका बिच सम्पन्न भएको छ।

बिहीबार देखि अविरल वर्ष हुँदा केही जनप्रतिनिधिहरू सभामा उपस्थित हुन नसके पनि कार्यपालिकाका पदाधिकारीको उपस्थित बहुमतले बजेट पास गरिएको हो ।

गा.पा.अध्यक्ष सलाम सिँ तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गा माया तामाङले बजेट वक्तव्य प्रस्तुत गर्नु भएको थियो।

सभामा अध्यक्ष तामाङले आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु,पर्यटन विकासतर्फको नीति तथा कार्यक्रमहरु,सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरु,खेलकुदसम्बन्धी नीति तथा कार्यक्रमहरु,स्वास्थ्यतर्फको नीति तथा कार्यक्रमहरु,खानेपानी तथा पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु,वातावरण सम्बन्धी नीतिहरु,लैंगीक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरु,सेवा प्रवाह,संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे।

उपाध्यक्ष दुर्गामाया तामाङले भने आगामी आर्थिक वर्षका लागि तय गरिएको बजेट प्रस्तुत गरिन्। कुल आय ४८ करोड कायम यस अनुरूप संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानमा जम्मा रु ९ करोड ९ लाख,संघीय सरकारबाट शशर्त अनुदान विभिन्न शिर्षकमा एकमुष्ट रु १४ करोड ३९ लाख,समाजिक सुरक्षा भत्तातर्फ ६ करोड ५० लाख, प्रदेश सरकारबाट वित्तिय समानकिरण अनुदान रु ९९ लाख ३६ हजार,शशर्त अनुदानतर्फ रु १८ लाख ४३ हजार,गाउँपालिकाको स्रोत पहिचानबाट रु १० करोड,चालु आर्थिक वर्षको काम गर्न नसकेका योजनाको रु ५ करोड ५० लाख गरी कुल आय रु ४८ करोड ९ लाख ५६ हजार १ सय ७७ कायम गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न योजनाहरु सार्जजनिक गर्दै ति योजनाहरुमा आय अनुमान गरिएअनुसार रु ४८ करोड ९ लाख ५६ हजार १ सय ७७ नै खर्च गरिने भएको छ ।

आगामी आर्थिक वर्षमा विभिन्न विषयगत शिर्षकका विकास क्षेत्रमा रु २ करोड १७ लाख ४१ हजार २ सय ४३, जसमा कृषि,उद्योग तथा वाणिज्य र पर्यटन रहेका छन्। यसै गरि सामाजिक विकास तर्फ ५ करोड ७९ लाख ३९ हजार ३ सय ४७ विनियोजन गरिएको छ, जस अन्तरगत शिक्षा,स्वास्थ्य,खानेपानी तथा सरसफाई,संस्कृति प्रवद्र्धन,खेलकुद रहेका छन् ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा पूर्वाधार विकास क्षेत्रलाई रणनीतिक ठूला योजनाको रूपमा प्रथाथमिकता दिएका छन्।

जुन पूर्वाधार विकास क्षेत्र अन्तर्गतमा रु १२ करोड ५० लाख विनयोजन गरिएको छ । जस अन्तरगत स्थानीय सडक,सिंचाई,भवन तथा शहरी विकास र उर्जा विद्युत विकास कार्यक्रम लगायत छन् । त्यसै गरि वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमलाई ५२ लाख ५० हजार बजेट छुट्याईको हो । त्यस्तै संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनमा ५० लाख बजेट छुट्याईएको छ ।

गाउँपालिकाले आयोजना गरेको उक्त सभामा तेमाल गा.पा.जनसञ्चार प्रवक्ता ज्ञान बहादुर लामा, प्रमुख प्रशासकिय अधिकृत नवीन गाङतान, वडाअध्यक्षहरु, जनप्रतिनिधिहरु, गाउँपालिका तथा वडाका कर्मचारीहरु र अन्य सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित: समय: 16:53:26  713पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार