नवोदित साहित्यिक वाचनालय कतारको ११ औं अधिवेशन सम्पन्न,दिलिप पराजुलीको अध्यक्षतामा निर्विरोध निर्वाचित

श्याम तामाङ,तामाङपेज,काठमाडौं ।

कतार ।

भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान भन्ने मुलनारासहित आदिकवी भानुभक्त आचार्यको २ सय ५ औं जन्म जयन्तीको अवसरमा नवोदित साहित्यिक वाचनालय कतारको ११ औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले दिलिप पराजुलीको अध्यक्षतामा नवोदित साहित्यिक वाचनालय कतारको नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको कतारबाट सन्ध्या ग्रुप अलखोरका कार्यवाहक अध्यक्ष गणेश क्षेत्रीले बताएका छन् ।

सो अधिवेशनमा नवोदितको ९४ औं डबली सहित श्रष्टा सम्मान,कवि महेन्द्र खड्का ,गजलकार अखिल अनुरागले आ-आफ्नो प्रस्तुती राख्नु भएको अधिवेशनमा साहित्य प्रेमीहरुको शालिमार रेष्टुरेन्ट,नजमारोड,दोहा,कतारमा व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 9:29:43  329पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार