पोखरास्थित वसपार्कमा पोखरा उपत्यका वृहत् सरसफाई अभियानको १ सय ६३ औं शृङ्खला सम्पन्न

कास्की,तामाङपेज संवाददाता ।

 

हप्तामा एक घण्टा,राष्ट्रका लागि स्वयम् सेवा भन्ने मुलनाराकासाथ पोखरा महानगरपालिका वडा नं.९ वसपार्कस्थित श्री सहारा आधारभुत विद्यालय आसपासमा शनिबार पोखरा उपत्यका वृहत् सरसफाई अभियानको १ सय ६३ औं शृङ्खला सम्पन्न भएको छ ।

सरसफाई अभियन्ता राम पौडेंलकानुसार सरसफाई अभियन्ताहरु ,शिक्षक,शिक्षिका,जनप्रतिनिधि ,स्थानिय वासिन्दा ,श्री सहारा आधारभित विद्यालय,कृष्ण टोल आमा समूह,गण्डकी विकास बैंक,मुक्तिनाथ विकास बैंक ,दिदिबहिनी तथा दाजुभाईहरुको सहभागीमा सरसफाई तथा जनचेतनामुलक अभियान भब्य रुपमा सम्पन्न भएको जनाएका छन् ।

प्रकाशित: समय: 9:04:42  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार