संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कार्यक्रमस्थलमा नै आदिवासी जनजातिद्वारा कालो झण्डासहित विरोध प्रदर्सन


 

श्याम तामाङ,तामाङपेज ।

ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं संचालक समितिको बैठकमा सम्बोधन गर्न शुक्रबार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभा हल ,जावलाखेल ,ललितपुरमा संघिय मामिला तथा प्रशासन मन्त्री लालबाबु पण्डित पुग्नु भएको थियो।

लोकसेवा आयोगमा आरक्षणको कोटा कटौती गरेको विरुद्धमा आदिवासी जनजाति ,महिला,दलित ,लोपोन्मुख ,जात जाति समुदाय मन्त्री पण्डितको कदमका विरुद्धमा स्वदेश तथा विदेशमा रहेका सरोकारवालाहरुले व्यापक विरोध गर्दा पनि मागप्रति कुनैपनि सुनुवाई लोकसेवा आयोगले मन्त्रालयले निर्देशन नदिएकाकारण गरेको थिएन।

जब शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिष्ठानको बैठकमा सम्बोधन गर्नेक्रममा गुठी विधेयकको सवालमा बिचार राखेपछि सभा हलभित्र नैं आदिवासी जनजाति ,महिला ,विद्यार्थी ,लोपोन्मुख जातजाति ,अपाङ्गता भएका समुदायहरुले कालो झण्डा देखाउँदै आरक्षण कोटामा गरेको हस्तक्षेपको विरुद्ध नाराबाजी प्रदर्सन गरेपछि हत्तार – हत्तारमा मन्त्री पण्डितले बैठक स्थल छोडेर बाहिरिएका थिए ।

लोकसेवा आयोगले गरेको विज्ञापनमा आरक्षित कोटा कटौतीबारे सरोकारवाला निकाय र जातजातिय संघसंस्थाहरुले विगत जेष्ठ १५ गते देखिनैं विरोध गर्दै आईरहेका छन् ।

 

प्रकाशित: समय: 0:21:16  781पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार