तामाङपेज संवाददाता।
टोकियो, जापान ।
तमु धीं जापानले आफ्नो २५ औंं स्थापना दिवसको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम रोधी साँझ २०१९ तथा रजत जयन्ती मनाउने भएको छ। तमु धिं जापानको उपाध्यक्ष युक्तमान गुरुङको संयोजकतामा बिभिन्न उपसमितीहरु गठन गरी मनाउने भएको हो|
आगामी २०१९ अगस्ट -४ तारिख आईतबारको दिन ईकेगामी खाइकन हलमा मनाउन लागेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय लोकदोहोरी गायिका तथा गुरुङ चलचित्रकी नायिका सविना गुरुङ र चर्चित हाँस्य कलाकार फूलन्देकी आमा जापान आउने भएका छन् । कार्यक्रमलाई थप मनोरन्जन दिन चर्चित पप गायक सर्बज्ञमान शाक्य लगायत स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रम पनि रहने आयोजकले जनाएको छ ।
तमु धीं जापानले रोजगारी र अध्ययनको शिलशिलामा देशका बिभिन्न ठाउँबाट जापान आइ बिभिन्न पेशा र ब्यबसाय गरी बसिरहेका तमाम तमुहरुलाई एकिकृत गर्दै आपसमा सहयोग, सद्भाव र भाइचाराको सम्बन्ध कायम गरी प्रवासमा आइपर्ने विविध समस्याहरुलाई हातेमालो गर्दै समाधान गर्ने, तमु भाषा ,कला, साहित्य,संस्कार, संस्कृतिको संरक्षण, सम्वर्धन गर्दै आफ्नो मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, आदिवासी समुदायहरुको हक अधिकार बारे सुचित गर्ने गराउने मात्र नभएर सारा नेपालीहरुको बृहत्तर हितमा सहयोग पुर्याउदै आइरहेको छ ।
कार्यक्रममा आफ्नो स्थापना कालको गौरबमय २५ बर्षे लामो ऐतिहासिक अबसरमा संस्थाको संघर्षपूर्ण यात्रामा निरन्तर साथ र सहयोग गरी यस रजत जयन्ती मनाउने स्थितिसम्म ल्याउने महत्वपूर्ण व्यक्तित्व, बिशेष गरि स्थापना कालदेखीको पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने साथै बुद्धिजिबी, कलाकार, संघसंगठन, ब्यबसायी ,मिडियाकर्मीलाई समेत सम्झिने महासचिब चित्र गुरुङले बताएका छन्।