एनआरएनए जापानको नागोया संयोजकमा अर्जुन केसीको दाबी


तामाङपेज संवाददाता।
जापान।

एनआरएनए जापानको क्षेत्रीय अधिबेशनको मिति घोषणासंगै बिभिन्न पदमा उमेद्वारी घोषणा गर्ने क्रम जारी छ ।

यसै बिच एनआरएनए जापान नागोया क्षेत्रको संयोजकको लागि लामो समय देखि नागोयामा ब्यबसाय गर्दै आएका अर्लांकोट समाज जापानका अध्यक्ष समेत भई सकेका समाजसेवी ब्यक्ति अर्जुन केसीले उमेद्वारीको घोषणा गरेका छन् । आफ्नो उमेद्वारी घोषणासंगै उनले बिगतमा लामो समय यो संस्थामा काम गरेको उपाध्यक्ष समेत भई सकेको र सामाजिक रुपमा निरन्तर लाग्ने अभिप्रायले अब संयोजकमा उठ्ने तयारीका साथ आफ्नो उमेद्वारी घोषणा गरेको बताएका छन् ।

एक प्रेस बिज्ञप्ती निकाल्दै बिगतमा सामाजिक कार्यमा नागोया बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको माया, दिनु भएको सल्लाह र सुझाबको आधारमा म यो संस्थामा निरन्तरता दिनु पर्छ भन्ने मानसिकता आएको उनले बताए।
नागोयाबासी नेपालीलाई सबैको साथ सहयोग र सल्लाह सुझाबले आफू सहमती मै यो जिम्मेवारी पाउने बाताबरण बन्नेमा विश्वस्त रहेको र सबैलाई समेटेर सक्रिय संस्थाको रुपमा स्थापित गर्ने र बिगतमा गरेका राम्रा कामलाई निरन्तरता दिने समेत उनले बताएका छन् ।

प्रकाशित: समय: 21:08:45  632पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार