जनकपुर वर्षातले जलमग्न ,दैनिक जीवनयापन कष्टकर


तामाङपेज संवाददाता ।

धनुषा । मंगलबार रातिदेखि देशैभर सुरु भएको वर्षातले प्रदेश नं.२ को राजधानी जनकपुरलगायत बारा,रौंतहट,सप्तरी,धनुषा,सर्लाही ,सिरहा,महित्तरी,पर्साका अधिकांस क्षेत्र डुवानमा परेको छ। त्यस भेगका वासिन्दाहरुका दैनिक जिवनयापनमा ,यातयात संचालन ,आवातजावतमा समस्या परेको स्थानिय प्रशासनले जनाएका छन् । धनुषाको जनकपुरबाट सामाजिक अभियन्ता रुवीकुमारी झाले  तामाङपेजसँगको सम्पर्कमा प्रदेश नं.२ को मुख्य कार्यालय,मुख्य मन्त्री ,मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,संघिय प्रहरी,जिल्ला प्रशासन ,जिल्ला प्रहरी कार्यालय,जनकपुर अस्पताल लगायतका कार्यालयहरु,स्थानिय वासिन्दाहरुको घर समेत डुवानमा परि त्रासतिपुर्ण जीवन यापन गर्न बाध्य भएको र नेपाल सरकारले तत्काल यस भेगका जनताको जीवन रक्षाको लागि उद्धार गर्नुपर्ने माग गरेकी छिन् ।

प्रदेश नं.२ का ८ वटा जिल्लाहरुमा वर्षातले गर्दा डुवानको जोखिममा परेका वासिन्दाहरुलाई स्थानिय प्रशासनले सुरक्षित स्थानमा लाने,उद्धार कार्य सुरु गरि सकेको जनाएका छन् । 

 

 

प्रकाशित: समय: 17:27:10  681पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार