सुनापति गाउँपालिकाको पाँचौं गाउँ सभा सम्पन्न,नीति कार्यक्रम,बजेट सार्वजनिक तथा उत्कृष्ट कर्मचारी लगायत पुरस्कृत


तामाङपेज संवाददाता ।

 

 

रामेछाप।

सुनापति गाउँपालिकाको आर्थिक वर्ष ०७६/०७७ को पाँचौं गाउँ सभा जिल्ला समन्वय समिति रामेछापका सभापति प्रेम खड्काको प्रमुख आतिथ्यमा बिहिबार सम्पन्न भएको छ ।

गाउँपालिकाले आयोजना गरेको सभामा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका सभापति खड्काले सुनापति गाउँपालिकामा उत्कृष्ट कर्मचारीतर्फ प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौंला,उत्कृष्ट कृषक समूह,उत्कृष्ट उपभोक्ता समितिलाई प्रशंसा पत्र ,नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको थियो ।

सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले निति ,कार्यक्रम,बजेट सार्वजनिक गर्नु भएको सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं.३ सदस्य टलक घिसिङ तामाङ,जिल्ला नेता आनन्द श्रेष्ठ ,गाउँपालिका उपाध्यक्ष गीता विष्ट ,वडाअध्यक्षहरु,जनप्रतिनिधिहरु,गाउँपालिका तथा वडाका कर्मचारीहरु ,सरोकारवालाहरुको व्यापक सहभागिता रहेका थिए ।

यो वर्षको गाउँपालिकाको बजेट पुर्वधार,कृषी,पर्यटन लगायतमा केन्द्रीत रहेको जनाएको छ ।

 

 

 

 

 

 

तस्बिर :

उत्तमलाल तामाङ ।

 

प्रकाशित: समय: 16:02:27  657पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार