श्याम तामाङ,तामाङपेज ।
ललितपुर ।
देशैभर मंगलबारदेखि परेको अविरल वर्षातकारण जनजीवन कष्टकर बन्दै गएको छ भने कतिपय स्थानमा पहिरो,बाढीकाकारण मोटरबाटो अवरुद्ध भएको छ ।
राजधानिको दक्षिण ललितपुरमा पर्ने महाँकाल ,कोन्ज्योसोम र वाग्मती गाउँपालिकामा पनि कत्तै पहिरो,बाढीले गर्दा मोटरबाटो अवरुद्ध र एक दर्जनभन्दा बढी वासिन्दाहरुको घर पहिरोको जोखिममा परेको खबर स्थानिय गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र गाउँपालिका प्रवक्ताले शुक्रबार तामाङपेजसँगको सम्पर्कमा जानकारी दिएका छन् ।
महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले लेले- चन्दनपुर मोटरबाटोको यातयात संचालन भएपनि आवातजावतमा कठिन भएको,हुरि बतास ,अविरल वर्षातले जनजीवन अस्तव्यस्त भएकाले महाँकाल गाउँपालिका भित्रका शैक्षिक संस्थाहरुलाई शुक्रबारको लागि सार्वजनिक विदा दिएको र महाँकाल गाउँपालिकाको वडा नं.३ गोटीखेलका राजकुमार अधिकारी,कृष्णबहादुर सिंतान, रामबहादुर सिंतान,जयबहादुर सिंतान,दीपक सिंतान तामाङको घर ,गोठ जोखिममा परेपछि बिहीवार नैं सुरक्षित स्थलतर्फ सारिएको जनाएका छन् ।
कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाले नल्लु हुँदै उन्युचौंर बुखेल जाने मध्यमार्गी पहिरोकाकारण अवरुद्ध भएको ,कोन्ज्योसोम-१ चौघरे ठोस्नेखोलाका वासिन्दा शिव घिमिरे,माधब घिमिरे,भीमसेन हुँमागाई ,कोन्ज्योसोम-२ शंखु भकारीडाँडाका रामबहादुर पोखरेल,पिताम्बर रिजाल ,शिव रिजालको घर,गोठ जोखिममा रहेको ,बुखेलबाट भकारीडाँडा हुँदै दलचोकिसम्मको मोटरबाटोमा मोटरसाईकलसम्म हिड्न नसक्ने अवस्था रहेको र कोन्ज्योसोम गाउँपालिका भित्र रहेको शैक्षिक संस्थालाई सार्वजनिक बिदा र परिक्षा समेत स्थगित गरेको जनाईन ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदै वाग्मती गाउँपालिका प्रवक्ता एवं वाग्मती -३ भट्टेडाँडाका वडाअध्यक्ष विष्णु तिमल्सिनाले वाग्मती गाउँपालिका -३ भट्टे डाँडाको तिनपाने भन्ज्याङदेखिको कान्तिलोकपथ पहिरोकाकारण पुर्ण रुपमा अवरुद्ध रहेको ,वाग्मती गाउँपालिकास्थित भट्टेडाँडा बुलकीचौंरका तिलक जिम्बा तामाङको घरमात्र जोखिममा रहेको ,शैक्षिक संस्थाहरु केहीदिन अघि नैं सार्वजनिक बिदा दिई सकेको जनाएका छन् ।
यो समाचार तयार पार्दासम्मको अवस्था दक्षिण ललितपुरमा अविरल वर्षात र हुरिवतास चलिरहेको महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले तामाङपेजसँगको कुराकानीमा जानकारी गराउनु भएको छ ।
तस्विर :
पुरुषोतम हुमाँगाई