तामाङपेज संवाददाता ।
रामेछाप ।
सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलासहितको टोलिले आईतबार सुनापति-५ भिरकोटमा सडक स्तरउन्नति ,सामुदायिक भवन तथा चौतारो निर्माणमा प्रधानमन्त्री रोजगार कोषद्वारा खटिएका कर्मचारीहरुले गरेका कार्यहरुको स्थलगत अनुगमन गर्नु भएको छ।
भिरकोटका वडाअध्यक्ष ठुलोकान्छा तामाङले भिरकोटको सडक स्तरउन्नति ,भवन तथा चौतारो निर्माण कार्य तिब्र गतिमा भइ रहेको जनाएका छन् ।
तस्बिर :
उत्तमलाल तामाङ