दोरम्बाकी ३५ वर्षिय मृगौला पिडित उर्मिला तामाङ बचाउँ अभियानको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम श्रावण १८ गते हुँदै


श्याम तामाङ,तामाङपेज,काठमाडौं  ।

रामेछाप ।

दोरम्बा गाउँपालिका वडा नं. ७ निवासी ३५ वर्षिय दुबै मृगौला फेल भएकी उर्मिला तामाङको जीवन बचाउनको लागि बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मृगौला पीडित उर्मिला तामाङ बचाउँ अभियानको आयोजनामा कालिदेवी मिडिया हाउसको सह-आयोजनामा यही श्रावण १८ गते शनिबारका दिन बिहान १० बजे भक्तपुर ,सुर्यविनायकस्थित शुभकामना पाटी प्यालेसमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएकाले आर्थिक अभावकाकारण उपचारमा कठिनाई भएकाले उक्त कार्यक्रममा उपस्थित भइ आर्थिक सहयोग गरिदिनुहुन समस्त सहयोगी महानुभावहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

मृगौला पीडित उर्मिलाको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा विगत दुई वर्षदेखि उपचार भइ रहेको छ ।

प्रकाशित: समय: 21:54:23  2204पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार