महाँकाल गाउँपालिका-३ गोटिखेलका राजकुमार अधिकारीसहित पाँचघरका वासिन्दा पहिरोकारण विस्थापित


श्याम तामाङ ,तामाङपेज ।

ललितपुर ।

नेपालको अधिकांस स्थान र उपत्यकामा मंगलबार बेलुकादेखि परेको अविरल वर्षातकारण जनजीवन कष्टकर बनेको छ भने कतिपय स्थानमा यातयात आगमनमा समेत समस्या देखा परेको छ ।

 

ललितपुरको दक्षिण पुर्वी क्षेत्रमा पर्ने महाँकाल गाउँपालिका-३ गोटीखेलमा बिहिबार बिहान करिब १०:३० बजे अविरल वर्षातकाकारण गएको पहिरोले स्थानिय राजकुमार अधिकारीको घर,गोठ पुरिएको छ भने कृष्णबहादुर सिंतान,रामबहादुर सिंतान,जयबहादुर सिंतान र दीपक सिंतान तामाङको घर,गोठपनि जोखिममा परेको टुंगुन ईलाका प्रहरी कार्यालय गोटिखेलका प्रहरी ईन्चार्ज प्रनानि रामबालक ठाकुरले तामाङपेजसँग बताएका छन् ।

भौतिक सम्पतिको नष्ट के कति भयो सोबारे आकलन गर्न नसकेको पाँचै वटा घरका परिवार ,पशु,वस्तु भाउ लगायतका सामग्रीहरु सुरक्षित स्थलमा वडाअध्यक्ष गंगाराम तिमल्सिना,स्थानिय वासिन्दा ,प्रहरीको सहयोगमा सारि सकेको प्रहरी इन्चार्ज ठाकुरले जनाउनु भएको छ ।

 

 

 

तस्विर :

पुरुषोतम हुमागाँई

 

 

प्रकाशित: समय: 18:54:31  784पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार