तामाङपेज संवाददाता ।
कास्की ।
आउँ- मिलाऔं,हाम्रा- हातहरु भन्ने मुलनाराकासाथ महेन्द्र पुल बजारलाई सफा र सुव्यवस्थित गर्न १५ औं हप्ताको सफाई तथा जागरण कार्यक्रम हुने भएको छ ।
सरसफाई अभियन्ता इन्द्रकमल मानन्धरकानुसार असार २७ गते ,अपरान्ह दिनको ३:४५ बजे,महेन्द्रपुल गोरखापत्र बाजेको पसल अगाडीबाट्व पतन्जलि योग समितिका केन्द्रीय सदस्य नरेन्द्र तुलाचनको उपस्थितिमा ,सरसफाई अभियन्ताहरु एवं सरोकारवालाहरुको उत्साहजनक सहभागितामा सफाई तथा जागरण कार्यक्रम हुने जनाएकी छिन् ।