मानेभन्ज्याङ गाउँपालिकास्थित उबुँमा स्वालेवाको नवनिर्मित स्तम्भ स्थापना


तामाङपेज संवाददाता ।

ओखलढुंगा।

ऎतिहासिक जातिय पहिचान र सभ्यता बोकेको स्वालेवाको नवनिर्मित स्तम्भ निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ ।

मानेभञ्ज्याङ गाउँपालिका-३ उँंबुमा नवनिर्मित स्वालेवाको स्तम्भ निर्माणबारे काठमाडौंबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान एवं वरिष्ठ कलाकार धनबहादुर (धनु) याक्खाको टोलिले केहीदिन अघि निर्माणबारे अवलोकन,अध्ययन,रंगरोगनबारे जानकारी लिएको सामाजिक अभियन्ता सुवास राईले बताएका छन् ।

वि.सं.२०७४ सालको असारमा मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राई र उपाध्यक्ष सविता राईले स्तम्भको शिलान्यास गर्नु भएको सो स्तम्भ वाम्बुले राई समाज नेपाल संस्थाको अगुवाईमा स्तम्भ निर्माण उपभोक्ता समितिका अध्यक्ष सौंराज राईकानुसार स्तम्भ निर्माण गर्न मानेभज्याङ गाउँपालिकाले पटक ,पटक गरेर १५ लाख ,पुर्व सभासद रामहरिखतिवडाको सांसद विकास कोषबाट रु.१० लाख,मानेभन्ज्याङ-३ वडाबाट रु.१ लाख,स्वदेश तथा विदेशमा रहनु भएका सहयोगी दाताहरु १ सय ८१ जनाबाट आर्थिक सहयोग,उँबुगाउँवासीमध्ये ७७ घरधुरीले एकदिन जबश्रमदान र युवा व्यवसायी दिवाना क्याम्पा राईले रंगरोगनको निमित्त सहयोग गर्नु भएको थियो।

तस्बिरहरु :

सुवास राई/ सौंराज राई

 

 

 

 

प्रकाशित: समय: 15:46:24  512पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार