तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ति जनताको घरदैलोमा ,जन्तरे कृषि फर्मको अवलोकन


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं ।

नुवाकोट ।

तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ति सहितको टोलिले गाउँपालिकाको विभिन्न वडा ,टोलहरुमा घरदैलो,विभिन्न व्यवसाय,कार्यालयहरुको अवलोकन र जनताको घरदैलोमा पुगेर बिहिवार कृषि फर्म र जनताको घरदैलोमा पुगेर घरदैलो समेत गरेका छन् ।

 

स्थानिय सामाजिक अभियन्ता सोमबहादुर तामाङले तामाङपेजसँंगको सम्पर्कमा कुराकानी गर्नुहुँदै वर्षातको मौसममा पानी,झरिको प्रवाह नगरी गाउँपालिका अध्यक्ष वस्तिले गाउँपालिकाबाट दिइने सेवा,जनताको गुनासो ,समस्याका बारेमा वडाका टोल – टोलमा घरदैलो गरेर सुझाव संकलन ,प्रतिक्रिया ,योजनाको अनुगमन र स्थानिय ङवाङ लामाले स्थापना गरेको जन्तरे कृषि फर्ममा लगाईएको सुन्तला ,अलैंची खेति,अन्य खेतिहरुको अवलोकन गर्नु भएको जनाउनु भएको छ ।

गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तिको टोलि एक्कासि वडाका टोल- टोलमा वर्षातले बाटो अवरुद्ध भइ पैदला यात्रा गरि स्थानिय जनतासँग साक्षात्कार गर्दा गाउँवासीमा स्थानिय सरकारप्रति खुशि र  अभिभावकत्वको अनुभूत भएको स्थानिय वासिन्दाहरुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित: समय: 13:08:19  1026पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार