मानेभन्ज्याङ गाउँपालिकास्तरिय वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता हुने

मानेभन्ज्याङ गाउँपालिकास्तरिय आमा समूह संजालहरुबीच असार २७ गते वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता हुने उपाध्यक्ष सविता राईद्वारा जानकारी

तामाङपेज संवाददाता।

ओखलढुंगा ।

मानेभन्ज्याङ गाउँपालिका भित्र रहेको ९ वटा वडाहरु मोलि,वाक्सा,उबु,केतुके,मानेभन्ज्याङ,थाक्ले,टोक्सेल सातसल्ले,राघापुर र माधपुरमा रहेका आमा समूह संजालहरुबीच आमा समूह संजालको भुमिका विषयक एक दिने वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्ष सविता राईले तामाङपेजसँगको सम्पर्कमा गाउँपालिकास्तरिय वक्तित्वकला र हाजिरी जवाफ प्रतियोगितामा आमा समूह संजालका महिला दिदिबहिनिहरुलाई असार २७ गते मानेभन्ज्याङ गाउँपालिकाको कार्यालय मानेभन्ज्याङमा हुन गैइरहेको प्रतियोगितामा सहभागिता हुन अनुरोध गरेकी छिन् ।

 

प्रकाशित: समय: 12:30:29  923पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार