गिम्दीस्थित जनक माविमा गितार प्रशिक्षण सम्पन्न

,वरिष्ठ प्रशिक्षक सिताराम गौतमद्वारा उत्कृष्ट प्रशिक्षार्थी विष्णुमाया स्याङतानलाई गितार प्रदान

श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीस्थित कटुवामा रहेको श्री जनका माविमा बैशाख ३० देखि जेष्ठ ६ गतेसम्म संचालित गितार प्रशिक्षण कक्षा सम्पन्न भएको छ ।

ललितपुर भैसेपाटीका वरिष्ठ गितार प्रशिक्षक सिताराम गौतमले आफ्नै लगानिमा आफैले विकट वस्ति वस्तिमा रहेका विद्यार्थीहरुलाई नि:शुल्क गितार प्रशिक्षण दिलाउँदै आएका छन् ।

केही दिन अघि जनक माविमा सम्पन्न भएको गितार प्रशिक्षणमा ९० जनामध्ये उत्कृष्ट गितारवाधक बन्न सफल प्रशिक्षार्थी विष्णुमाया स्याङतान तामाङलाई गितार,सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र एसइइको परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्र नविन्द्र चौंरेलाई बधाई सहित विशेष पुरस्कार प्रदान गर्नु भएको थियो ।

वरिष्ठ प्रशिक्षक गौतमले तामाङपेजसँगको सम्पर्कमा आउँदो भाद्रदेखिवाग्मती गाउँपालिका वडा नं.४ प्युटारस्थित श्री कालिदेवी मावि,वाग्मती -६ आश्राङस्थित श्री विद्याधीश्वरी मावि र महाँकाल गाउँपालिका-२ मानिखेल,कतवनमा रहेको श्री बुद्ध भगवान मावि र महाँकाल-३ गोटिखेलमा रहेको श्री महाँकाल माविमा पनि गितार सम्बन्धि प्रशिक्षण कक्षा विद्यार्थीहरु माझ गर्ने जनाउनु भएको छ ।

 

प्रकाशित: समय: 11:27:50  1041पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार