वर्षात भएपछि बल्ल उपत्यकामा धान रोप्न सुरु


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं ।

उपत्यकाको काठमाडौं,ललितपुर र भक्तपुरमा रहेका किसानहरुले बल्ल आफ्नो खेतमा धान रोप्न शुरु गरेका छन् ।

यो पल्ट असार १५ गते देशैभर १६ औं राष्ट्रिय धान दिवस मनाएपनि पानी नपरेकाकारण किसानहरु चिन्तित थिए।

 

उपत्यकामा मंगलबार रातिदेखि परेको अविरल वर्षातपछि भने उपत्यकामा रहेको भक्तपुरको चाँगुनारायण ,सिपाडोल ,गुण्डु,काठमाडौंको कीर्तिपुर,चाल्नाखेल,ललितपुरको लेले,टीकाभैरव,छम्पी,वुङमती,ठैव,हरिसिद्धी,चापागाउँ,गोदावरी,टौखेल लगायतका किसानहरु आ-आफ्नो खेतमा धान रोप्न व्यस्त छन् ।

देशैभरका किसानहरु पानी परेकाकारण धान रोप्न लागि परेको कुरा स्थानिय कृषकहरुले तामाङपेजसँगको सम्पर्कमा जानकारी दिएको छ ।

 

 

प्रकाशित: समय: 10:58:04  591पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार