पोखरास्थित न्युरोड रात्रीकालिन अनुगमन समितिले एक वर्ष पूरा, ८५ वर्षिय हाकुरी जलारी सम्मानित


तामाङपेज संवाददाता ।

कास्की ।

पोखरा महानगरपालिका -९ न्युरोड रात्रीकालिन अनुगमन समितिको वार्षिक भेला मंगलबार प्रदेश सांसद विन्दु थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो भेलामा प्रमुख अतिथि एवं सांसद थापाले पोखरा महानगरपालिकामा सेवा निवृत सफाई कर्मचारी ८५ वर्षिय हाकुली जलारीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रमको संचालन अभियन्ता खिमा गुरुङले गरेकी थिइन् भने भेलामा पोखरा महानगरपालिका  वडा नं. ९ का वडाअध्यक्ष रामराज लामिछाने,वडासचिव लोकदर्शन कोईराला लगायतले मन्तब्य राखेका थिए।

सो वार्षिक भेला न्युरोड टोल सुधार समितिका अध्यक्ष नन्दकुमारी गुरुङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।

तस्बिर श्रोत :

अभियन्ता इन्द्रकमल मानन्धर पोखरा ।

प्रकाशित: समय: 0:12:48  526पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार