तमु समाज इजरायलको आठौं अधिवेशन जुलाई १२ तारिखमा हुँदै

समाजका केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा हुने कुरा आयोजकले जनाएका छन् ।

श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं।

इजरायल ।

तमु समाज इजरायलको आठौं ऎतिहासिक अधिवेशनमा नेपालबाट तमु ह्युल्ल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा भब्य रुपमा हुने कुरा समाजका अध्यक्ष आशमाया तमुस्योले जनाउनु भएको छ ।

तमु समाज इजरायलकानुसार आउँदो जुलाई १२ तारिख शुक्रबारका दिन साँझ ६:३० बजे एभरेष्ट डिस्को हल,तेलअभिवमा हुने अधिवेशनमा इजरायलमा रहनुहुने गुरुङ दाजुभाई तथा दिदिबहिनिहरु,समाजका पदाधिकारीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,सदस्यहरु लगायत सरोकारवालाहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 21:58:02  448पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार