श्याम तामाङ ,तामाङपेज ।
काठमाडौं ।
भक्तपुर ।
नेपाल सरकार ,शिक्षा,प्रविधि तथा विज्ञान मन्त्रालय , शिक्षक सेवा आयोगले पहिलो पटक अनलाइनमार्फत शिक्षक लाइसेन्सको लागि देशैभरबाट शुरु गरिएको अनलाइन फारम भर्ने प्रविधी,दिन दुगुना ,रात चौंगुना भने झैं विगत केही हप्तादेखि अनलाइन फारम भर्दा सेवाग्राहीले शिक्षक सेवा आयोगको Tsc को पेज खोल्दा too many connections भन्दै समस्या देखिएको छ।
आयोगमा पटक पटक फोन गर्दा कल रिसिभ नगर्ने जस्ता कार्य भइ हैरानी भएको सेवाग्राही मध्ये ललितपुरका रोशन दहालले गुनासो पोखेका छन् ।
शिक्षक अध्यापन अनुमतिपत्र( शिक्षक लाइसेन्स) को लागि अनलाइन फारम भर्दा आको गुनासोबारे तामाङपेजले शिक्षक आयोगको कार्यालय, सानोठिमी ,भक्तपुरमा सम्पर्क गर्दा नेटवर्कको समस्याले यस्तो समस्या भको हो केही दिनमा समस्या हल हुने शिक्षक सेवा आयोगका कर्मचारीहरु बताउँछन् ।
सेवाग्राहीको भावनाप्रति शिक्षक सेवा आयोगको ध्यान जान जरुर छ ।