श्याम तामाङ,तामाङपेज ।
काठमाडौं ।
किस्पाङ गाउँपालिका वडा नं.१ भाल्चेस्थित नुचेतमा नेपाल सरकार,वनस्पति विभाग र श्री शिर्जनशिल कृषक बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा जडिबुटी खेती विस्तार अन्तर्गत टिम्बुरको वृक्षारोपण मंगलबार स्थानिय महिला तथा पुरुषहरुले गरेका छन् ।
स्थानिय सामाजिक अभियन्ता एवं श्री शिर्जनशिल कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुकबहादुर घलेकानुसार हजारौं टिम्बुरको वृक्षारोपण गरेकाले यो खेतीबाट उत्पादन मनग्ये हुने र आय आर्जन गर्न सकिने जनाउनु भएको छ ।