सातदोबाटोका डिएसपी मिश्रको कमाण्डमा खटिएको टोलिले गोदावरीबाट ८ जना पक्राउ,कौंडासहित नगद करिब ११ लाख रुपैयाँ बरामद


तामाङपेज संवाददाता ।

ललितपुर ।

महानगरिय प्रहरी बृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रको कमाण्डमा खटेको टोलिले सोमबार गोदावरी नगरपालिका-३ गोदावरीस्थित बिन्द्रा रिसोर्टको सभा हलबाट जुवा खेलिरहेको खालबाट ८ जनासहित जुवा कौंडा खेल्न प्रयोग भएको १६ थान कौंडा र नगद रु.१० लाख ८४ हजार ९ सय ५० रुपैयाँ नगद बरामद गरेको छ।

महानगरिय प्रहरी बृत्त,सातदोबाटोका डिएसपी मिश्रकानुसार गोप्य सुचनाको आधारमा बाबुराम तामाङ(३६)फास्कु,दोलखा,मिनबहादुर खत्री(४९)कठजोर,रामेछाप,शम्भु पाण्डे(४९)ढुंगे,नुवाकोट,गोपालप्रसाद पाण्डे(३६)ढुंगे,नुवाकोट,कुमार लामिछाने(३२)श्रीनाथकोट,गोरखा,मदनबाबु दवाडी(४२)अजिरकोट,गोरखा,बिनोदप्रसाद घिमिरे(४५)धापाखेल,ललितपुर र सनोज नेपाली (२५) मानडाँडा,गोदावरी,ललितपुरलाई रंगेहात पक्राउ गरेको जनाएका छन् ।

महानगरिय प्रहरी बृत्त ,सातदोबाटोका डिएसपी गौतम मिश्रले नगद ,कौंडासहित बरामद भएको र थप अनुसन्धान जारी भइ रहेको जनाउनु भएको छ ।

 

प्रकाशित: समय: 23:07:00  1252पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार